janayatra

पुर्वराजा ज्ञानेन्द्रको स्वागत जुलुसमा इण्डियाका उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको फोटो प्रयोग ।

Author जनयात्रा सोमबार, २६ फागुन २०८१

views
पुर्वराजा ज्ञानेन्द्रको स्वागत जुलुसमा इण्डियाका उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको फोटो प्रयोग ।

नेपालपूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल तथा संगठनको र्‍यालीमा इण्डियाका उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रयोग भएको छ । प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्बिर प्रयोग भएको फोटो रातोपाटी अनलाइनले खिचेको थियो । रातोपाटीको क्यामेरामा कैद भएको फोटामा योगी आदित्यनाथ सहितको ब्यानरमा राजसंस्था पुनर्स्थापना गरौँनारा सहित हिन्दुवादी प्रदिप विक्रम राणा भनेर लेखिएको छ ।  छुट्टाछुट्टै मोटरसाइकलमा बोकिएको वोर्डमा योगी र पूर्वराजा ज्ञानेन्द्रको तस्बिर राखिएको देखिन्छ । पुर्वराजा ज्ञानेन्द्र शाह समर्थित पार्टी अभियान र सुभचिन्तकहरु गणतन्त्रवादी पार्टी र नेताहरु विदेशी शक्ति द्वारा चलेको देशद्रोही भएको आरोप लगाउने गरेकाछन् । उनिहरुनै र्यालिमा इण्डियाका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग गरिएको हो । गत माघ १७ गते पुर्व राज ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुगेका थिए र योगी आदित्यनाथ सँग भेटेका थिए । गोरखपुरवाट फर्केलगतै प्रजातन्त्र दिवसको अवसरमा एक भिडियो सन्देश मार्फत वर्तमान व्यवस्था र राजनैतिक पार्टी नेता विरुद्ध रोस प्रकट गरेका थिए । पुर्वराज ज्ञानेन्द्र शाहको उक्त भनाइलाई लिएर संसदवादी राजनैतिक पार्टी र तिनका नेताहरुले विरोध गर्दै आएकाछन् भने राजावादीहरु उत्साहित भएर प्रदर्शन गरि राखेकाछन् । समाचार स्रोत रातोपाटी अनलाइन वाट ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC