११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा जनमुक्ति मिडियाको रिपोर्ट ।
नेपाल–श्रमिक महिलामा समर्पित ११५औँ अन्तर्राष्ट्रिय
दिवस विभिन्न देशहरुमा विभिन्न कार्यक्रमको आयोजना गरेर मानाइएको छ । एक शताव्दीभन्दा
अघिदेखि ८ मार्चलाई महिला दिवस मनाउँदै आएका छन् । अन्तर्राष्ट्रिय नारी दिवस
श्रमिक आन्दोलनवाट सुरु भएको थियो । सन् १९०८ मा न्युयोर्क सिटिमा १५००० महिलाहरु
जम्मा भएर काम गर्ने समयावधि घटाउनुपर्ने, रामरो तलव लाउनुपर्ने र मतदानको अधिकार प्राप्त
हुनुपर्ने भन्दै प्रदर्शन गरेका थिए । ठिक त्यसको एक वर्षपछि द सोशलिस्ट पार्टी अफ
अमेरिकाले पहिलो राष्ट्रिय नारी दिवस घोषणा गरेको थियो । कम्युनिस्ट आन्दोलकि
नेतृत्व क. क्लारा जेट्किनले सन् १९१० मा भएको कोपन्हागनमा कन्फरेन्स अफ वर्किङ विमिन
सम्मेलनमा अन्तर्राष्ट्रिय नारी दिवसको प्रस्ताव गर्नुभएको थियो । सम्मेलनमा १७
देशका १०० महिला नेतृत्वहरु सहभागी हुनुभएको थियो । उक्त प्रस्तावलाई सर्वसम्मत
सहमति जनाइएको थियो ।पहिलो पटक नारी दिवस सन् १९११ मा अस्ट्रिया, डेन्मार्क, जर्मनी र
स्विट्जरल्यान्डमा मनाइएको थियो । सन् १९७५ देखी संयुक्त राष्ट्रसङघले समेत नारी
दिवस मनाउन सुरु गरेको हो । राष्ट्रसङ्घको पहिलो नारा विगतलाई उत्सवको रुपमा
मनाउने र भविष्यको योजना वनाउने भन्ने राखेको थियो ।
सन् १९१७ मा क. लेनिनको नेतृत्व
सुरु भएको अक्टोवर क्रान्तिको वेला शान्ति र रोटीको माग गर्दै चारदिने विरोध
प्रदर्शन भयो । अक्टोवर क्रान्तिपछि वनेको सरकारले महिलाहरुलाई पहिलो पटक मतदानको
अधिकार प्रदान गर्यो । रुसमा प्रचलनमा रहेको जुलिअन क्यालेन्डर अनुसार २३
फेव्रुअरीको दिनमा महिलाले हडताल सुरु गरेका थिए । ग्रेगोरिअन क्यालेन्डर अनुसार
उक्त दिन ८ मार्च परेको थियो जसलाई महिला श्रमिक दिवसको रुपमा मनाउन थालियो ।
धेरै देशमा यो
दिवसका दिन सार्वजनिक विदा दिइन्छ । चीनमा महिलाहरुले आधा दिनको विदा पाउँछन् ।
इटलीमा लज्जावतीको फुल उपहार दिने चलन छ । रुसमा फुलको विक्री दुई गुनाले वढ्छ ।
सर्विया, आल्वेनिया, मेसेडोनिया र उज्वेकिस्तानमा यसदिनलाई आमा दिवस भनेर मनाइन्छ । संयुक्त राज्य
अमेरिकामा मार्च महिनालाई महिला इतिहास महिना मानिन्छ । राष्ट्रपतिले हरेक वर्ष
अमेरीकि महिलाहरुले गरेको प्रगति विवरण उल्लेख गर्ने चलन छ । यो दिवसमा प्याजी, हरियो र सेतो रङ
भएको कपडा अथवा रङ वढि प्रयोग गरिन्छ ।
प्याजी रङले न्याय र गरिमा जनाउँछ । हरियोले आशा जनाउँछ । सेतोले पवित्रता जनाउँछ
तर यो धारणा विवादास्पद छ ।
संयुक्त राष्ट्रसङ्घका
अनुसार द्वन्द्वसँग सम्वन्धित यौन हिंसा बढेको छ । सन् २०२३ मा द्वन्द्वमा ३६८८ घटना घटेको
वताएको छ जसमा ९५ प्रतिशत महिला युवती र वालिका रहेका छन् । युनिसेफका अनुसार
झण्डै ११.९ करोड वालिका विद्यालय वाट वञ्चित छन् । गत वर्ष प्रकाशित वर्ल्ड व्याङ्क
ग्रुपको प्रतिवेदन अनुसार पुरुपको तुलनामा दुईतिहाइ महिलाहरुले मात्रै कानुनी
अधिकार प्रयोग गर्छन् । युएन विमिन्स २०२४ जेन्डर स्न्याप्शट अनुसार महिला र
केटीलाई गरिवीवाट माथि उठाउन १३७ वर्ष लाग्ने उल्लेख गरेको छ । सन् २०२३ मा
पाँचमध्य १ महिलाको १८ वर्ष नपुगी विहे हुने गरेको छ । सन् २०२३ मा विश्वभरी झण्डै
५१००० महिला र युवतिको हत्या पति प्रेमि र परिवारका अन्य सदस्यले गरेका थिए ।
नेपालको २०७८ को
राष्ट्रिय जनगणना अनुसार काम गर्ने उमेर समुह १५ वर्ष वा सो भन्दा वढी उमेर भएको
जनसंख्या कुल जनसंख्याको ७१.१ प्रतिशत रहेको छ । जसमा महिलाहरुको ५५.६ र पुरुपहरुको ४४.४ प्रतिशत छ ।
२०७४ को एक सर्वेक्षणका अनुसार नेपालको श्रमशक्ति सहभागिता दर ३८.५ प्रतिशत रहेको छ
। त्यसमा पुरुषको दर ६२ प्रतिशत र महिलाको ३८ प्रतिशत मात्र छ । श्रमशक्ति भन्दा
वाहिर कुल ६१.५ प्रतिशत जनसंख्या रहेकोमा पुरुष ३३.३ र महिला ६६.७ प्रतिशत छ । हाल रोजगारमा संलग्नमध्ये ६३.७ प्रतिशत पुरुष र
३६.३ प्रतिशत मात्र महिला छन् । काम गर्न सक्ने उमेर समुहका महिलामध्ये २२.९ प्रतिशतको
मात्रै सहभागिता छ । स्वरोजगार हुनेमा पुरुष ५०.६ र महिला ४९.४ प्रतिशत रहेको छ । घरायसी काममा ५९.६ महिला र ४०.४ प्रतिशत पुरुषको
सहभागिता छ ।
श्रमशक्ति
सर्वेक्षण २०७४ का अनुसार कुल रोजगारीमा महिलाहरु १५.४ प्रतिशत सहभागि
छन् वाँकी ८४.६ प्रतिशत अनौपचारीक क्षेत्रमा रहेका छन् । अनौपचारीक क्षेत्र भित्र घरेलु
श्रम,कृषि मजदुर, निर्माण क्षेत्र, मनोरञ्जन क्षेत्र पर्दछन् । नेपाल श्रमशक्ति सर्वेक्षण २०२४ का अनुसार
रोजगारमा तलव तथा ज्याला प्राप्त गर्नेहरुको औसत मासिक आन्दानी रु १७८०९ रहेकोमा
पुरुषको औसत मासिक आम्दानी रु १९४६४ र महिलाको १३६३० रहेको छ । वाल श्रममा पनि १५.३ प्रतिशत मध्ये
१३.९ प्रतिशत वालक र १६.८ प्रतिशत वालिका रहेका छन् । राष्ट्रिय यौन तथा यौन रोग नियन्त्रण केन्द्रको
तथ्यांक अनुसार सन् २०२४ सम्ममा नेपालमा ८६८०९ जना महिला यौन श्रमिक भएको देखाउछ ।
संयुक्त
राष्ट्रसङ्घले यो वर्ष सवै महिला र युवतीका लागि समानता र सशक्तीकरण भन्ने नारा
दिएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस महिलाहरु समाजमा कति अगाडि वढे राजनीति
र अर्थतन्त्रमा सहभागिता के छ भनेर असमानतावारे चेतना वढाउन कतै
विरोधप्रदर्शन र जुलुस गरेर मनाउने गरिएको छ । सन् २०२४ को ग्लोवल जेन्डर ग्याप
इन्डेक्सका अनुसार हाल सम्म कुनैपनि देशले पुर्ण लैङ्गिक समानता कायम गर्न सकेका
छैनन् ।