१० जना नेपालीलाई विमान मार्फत नेपाल पठाउदै ।
नेपाल–गैरकानुनी रुपमा अमेरीका पुगेका
१० जना नेपालीलाई अमेरीकाले विमान चार्टर गरेर नेपाल पठाउदैछ । उनीहरुलाई वुधवार
विहान काठमाडौँको त्रिभुवन विमान स्थलमा उतारिने छ । ट्रम्पको कार्यकारी आदेशपछि यसअघि २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिएको थियो । विमान स्थलका अधिकारीका
अनुसार १० नेपाली वोकेर आउने विमान अमेरीकी वायुसेवा कम्पनी ग्रिफोन एयरको हो ।
उक्त विमान विहान १० वजे अवतरण गर्ने छ । राष्ट्रपति जो वाइडेनको कार्यकालमा ९
हजार जति नेपाली गैरकानुनी रुपमा अमेरिका छिरेको वताइन्छ । ती मध्य २ हजार ८ जना
हिरासतमा परेका थिए । गैरकानुनी १ हजार ३ सय ५६ जना नेपाली अमेरिकावाट फर्काइने
सुचिमा रहेको वताइन्छ । गैरकानुनी रुपमा अमेरीका पुगेका नेपालीहरुको संख्या हाल
सम्म यकिन भएको छैन तर करोडौँ रुपैया खर्च गरेर अमेरीका जाने नेपालीहरुको संख्या
ठुलै रहेको देखिन्छ । लुम्विनी प्रदेशको दाङ रोल्पा रुकुम जिल्लाका अधिकांस
व्यक्तिहरु अमेरीका मान्छे पठाउने दलालहरुको फन्दामा पर्ने गरेका छन् । थुप्रै
दलालहरु पिडितको रकम असुलेर फरार भएको देखिन्छ ।