देशको मौसम प्रणाली विस्तारै सुधार हुदै ।
नेपाल–देशभरीको मौसम प्रणालीमा विस्तारै
सुधार हुने देखिएको छ । मौसम विभागका अनुसार देशका
पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहनेछ । विभागका अनुसार आइतबार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी
भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बताएको छ । साथै आज राति कोशी र गण्डकी
प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टासम्म नेपालमा वर्षा/हिमापत
गराउने प्रणाली रहेको छैन । साथै मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना
बनाउन विभागले अनुरोध गरेको छ । रासस वाट ।