janayatra

न्यायको लागि बुर्जुवा संसदमा बिद्रोह गर्ने जनतालाई सरकारले मुद्दा चलाउदै।

Author जनयात्रा बुधबार, १६ फागुन २०८०

views
न्यायको लागि बुर्जुवा संसदमा बिद्रोह गर्ने जनतालाई सरकारले मुद्दा चलाउदै।

नेपालन्यायको आवाज बोकेर लामो समय देखि आन्दोलित लघुवित्त पिडितहरुको पिडा सरकारले सडक आन्दोलन बाट नसुने पछी पिडितहरुले फागुन १४ गते बानेश्वरस्थित संसद भवन प्रवेश गरेर आन्दोलन गरेका थिए। सरकारले संसद भवन प्रवेश गरेका पिडितहरुलाई प्रहरी प्रशासन लगाएर गिरफ्तार गरेको थियो। सरकारले न्याय दिन छोडेर उल्टै निषेधित क्षेत्र तोडेको भन्दै लघुवित्त पिडितहरुलाई प्रहरीले मुद्दा चलाउने भएको छ। बानेश्वरस्थित संसद् भवनबाट ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । उनीहरुविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले मुलुकी अपराध संहिता२०७४ अनुसार सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने भनेको छ ।घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरेको छ । 

© 2026 janayatra.com All rights reserved. | Design by OWC