janayatra

बुर्जुवा संसदभित्र उत्पीडित श्रमजिवि जनताको बिद्रोह।

Author जनयात्रा मङ्गलबार, १५ फागुन २०८०

views
बुर्जुवा संसदभित्र उत्पीडित श्रमजिवि जनताको बिद्रोह।

नेपालकाठमाडौँ  लघुवित्त पिडितहरुले नयाँ बानेश्वरस्थित संसद् भवनमै प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । संसद् भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर बिरोध स्वरुप नाराबाजी गरेका थिए। लघुवित्तको महंगो ऋण तिर्न नसकेर समस्यामा परेका पिडितहरु पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका छन्। पिडितहरु संसद्को तीन नम्बर गेटबाट भित्र छिरेर बिरोध प्रदर्शन गरेका थिए । पिडितहरुले सरकार सँग आफ्ना माग पुरा गराउन लामो समय देखि आन्दोलन गर्दै आएकाछन्। सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । संसद् भवनभित्र छिर्न पनि कडा जाँच हुन्छ । तर लघुवित्त ऋणीहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका छन् । उनीहरूले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद् परिसरभित्रै सुतेर विरोध जनाएका थिए । गेटमा एकैपटक धेरै जना आएपछि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् । पिडितहरु गेट धकेलेर भित्र छिरेका थिए 

© 2026 janayatra.com All rights reserved. | Design by OWC