janayatra

१५ वटा किसान संगठनहरुले आन्दोलनको घोषणा गरे।

Author जनयात्रा शुक्रबार, ११ फागुन २०८०

views

नेपालसरकारले दुध उत्पादक किसानहरुको माग सम्बोधन नगरेको भन्दै १५ वटा किसान संगठनहरुले आन्दोलनको घोषणा गरेका छन् । नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन, केन्द्रिय दुग्ध सहकारी संघ, नेपाल दुग्ध व्यवसायी संघ लगायत १५ वटा किसान संगठनहरुले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका छन् । आन्दोलन घोषणा गर्ने किसानहरुले दुध र दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले चासो नदिएकाले बाध्य भएर आन्दोलन घोषणा गर्नु परेको बताएका छन्  किसानहरुले उत्पादित दुधमध्ये ५ देखि ६ लाख लिटर दुध बिक्री वितरण हुन नसकेको र भारतबाट अवैधरुपमा कच्चा दुध तथा दुग्धजन्य पदार्थ सस्तो मूल्यमा आयात भएको कारण नेपाली किसानले उत्पादन गरेको दुध बिक्री नभएको बताए  आन्दोलनको घोषणा गरेका किसान संगठनहरुले संयुक्त रुपमा १६ बुँदे माग समेत अघि सारेका छन् । उनीहरुले दुधको भुक्तानी गर्न बाँकी वक्यौता रकम तत्काल भुक्तानी गर्न र किसानले उत्पादन गरेको सम्पूर्ण दुध खरिद गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्  किसानहरुले भारतबाट दुध र दुधजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानविन र अनुगमन गरी आयात बन्द गर्न माग गरेका छन् । दुधको खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्नुपर्ने उनीहरुको माग छ 

© 2026 janayatra.com All rights reserved. | Design by OWC