janayatra

अर्थमन्त्री महत र एमसीसी उपाध्यक्ष ब्रुक्सबीच भेट ।

Author जनयात्रा मङ्गलबार, ०९ जेठ २०८०

views
अर्थमन्त्री महत र एमसीसी उपाध्यक्ष ब्रुक्सबीच भेट ।

नेपालकाठमाडौँ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेको छ  भेटका क्रममा एमसीसीले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समितिअन्तर्गत अघि बढाइरहेका परियोजना कार्यान्वयनको समग्र स्थितिबारे छलफल भएको जनाएको छ ।भेटका क्रममा एमसीसी उपाध्यक्ष ब्रुक्सले आयोजनाको जग्गा प्राप्ति, खरिद प्रक्रिया जस्ता पूर्वतयारीका काममा भएको प्रगतिप्रति खुसी व्यक्त गरे । त्यसैगरी, सम्झौता कार्यान्वयनमा जानुअघि सम्पन्न भइसक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षबीच विस्तृत छलफल भएको जनाइएको छ  भेटका क्रममा अर्थमन्त्री डा. महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भई नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नाका साथै आयोजना चक्रमा आउने महत्त्वपूर्ण विषयहरूलाई कानुनको प्रक्रिया पूरा गरी यथाशीघ्र टुङ्ग्याउने प्रतिबद्धता जनाएका छन्  एमसीसी नायब उपाध्यक्ष ब्रुक्सले यसअघि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गर्दै आयोजनाको जग्गा प्राप्तिमा सहजीकरणका लागि आग्रह गरेका थिए 

© 2026 janayatra.com All rights reserved. | Design by OWC